संसदमा पेस हुने सबै अध्यादेशमा नेमकिपाले विरोध गर्ने

लोकपथ
98
Shares
Joj:yflksf ;+;bsf] a’waf/sf] a}7sdf pkk|wfg Pjd u[xdGqL ljdn]Gb| lglwsf] æ/fHo Joj:yf ;ldltsf] k|ltj]bg;lxtsf] dtbftf gfdfjnL ljwo]s, @)?f+;b k|]d ;’jfn . tl:a/ M /Tg >]i7, /f;;

काठमाडौं। सरकारले बुधवार सदनमा पेस गर्न लागेका १५ वटा अध्यादेशमा नेपाल मजदुर किसान पार्टीले विरोध जनाउने भएको छ ।

तत्कालीन केपी शर्मा ओली सरकारले ल्याएका १४ वटा र शेरबहादुर देउवा नेतृत्वको सरकारले संसद अधिवेशन स्थगित गरी ल्याएको राजनीतिक दलसबन्धी अध्यादेशमा नेमकिपाले विरोध जनाउने भएको हो ।

संघीय संसदले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा उल्लेख भई प्रस्तुत भएको अध्यादेशमा नेमकिपाको तर्फबाट सांसद प्रेम सुवालले ‘अस्वीकार गरियोस्’ भन्ने सूचना प्रस्तुत गर्नेछन् ।

संसद सचिवालयका अनुसार आजै १५ वटा अध्यादेशलाई सम्भावित कार्यसूचीमा समावेश गरिएको छ । जुन आजदेखि सुरु हुने संघीय संसदका दुबै सदनमा प्रस्तुत हुने देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?