१६ वर्षीया किशोरीलाई सामूहिक बलात्कार गरेको आरोपमा ९ जना पक्राउ

लोकपथ
133
Shares

सुर्खेत । सुर्खेतमा १६ वर्षीया किशोरी सामूहिक बलात्कारको शिकार भएकी छन् । सामूहिक बलात्कारको आरोपमा प्रहरीले ९ जनालाई पक्राउ समेत गरेको छ।

पक्राउ पर्नेमा पञ्चपुरीका डम्बर वादी, गणेश वादी, युवराज शाही, शोभा शाही, बाबुराम पुरी, प्रेम बुढाथोकी, शेरबहादुर सार्की, ओम दर्लामी र प्रेमबहादुर शाही रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार इलाका प्रहरी बाबियाचौरले उनीहरुलाई पक्राउ गरेको हो । सुर्खेतका प्रहरी उपरीक्षक पदमबहादुर विष्टले पक्राउ पर्नेमा पर्नेहरुमा बस काउण्टरमा काम गर्नेदेखि ड्राइभरसम्म रहेको जानकारी दिए ।

चौकुने गाउँपालिका घर भइ पञ्चपुरी नगरपालिकामा बस्दै आएकी ती किशोरीले पटक–पटक विभिन्न व्यक्तिबाट आफूमाथि बलात्कार भएको भन्दै इलाका प्रहरी कार्यालय बाबियाचौरमा उजुरी दिएकी थिइन् । प्रहरीका अनुसार बलात्कृत किशोरीको पेटमा गर्भ समेत रहेको छ।

प्रहरीले जिल्ला अदालतबाट म्याद थप गरी उनीहरुमाथि अनुसन्धान भइरहेको विष्टले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?