काठमाडौं । रेष्टुरेण्टमा गाँजा बेचेको आरोपमा राजीव काफ्लेलाई प्रहरीले पक्राउ गरेको छ । ललितपुर घर भएका काफ्लेलाई लागुऔषध नियन्त्रण ब्यूरोबाट खटिएको प्रहरी टोलीले बूढानीलकण्ठबाट पक्राउ गरेको हो ।
काठमाडौंको बूढानीलकण्ठमा काफ्लेले एचआइभी पीडितहरुका लागि काम गर्ने ‘नवजीवन प्लस’ नामक संस्था चलाएका छन् । सो संस्थासँगै रहेको उनले नै संचालन गरेको ‘हिप्पी हिल’ रेष्टुरेण्टमा गाँजा बेचेको आरोपमा उनलाई पनि पक्राउ गरिएको लागुऔषध नियन्त्रण ब्यूरोका एक अधिकृतले बताए ।
ब्यूरोले ‘हिप्पी हिल’का एकजना कामदार र त्यहाँ गाँजा किन्न आएका ग्राहकलाई पक्राउ गरेको थियो । उनीहरुको बयानका आधारमा काफ्लेलाई पक्राउ गरेको बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया