काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ६ सय ७७ जनामा कोरोना भाइरस (कोभिड(१९) संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभर १५ हजार ३४ जनाको परीक्षण गर्दा १ हजार १ सय २३ जनाको पीसीआर र २ सय ५४ जनाको एन्टीजेन पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा देशभर कोरोना संक्रमितभन्दा संक्रमणमुक्त हुनेको संख्या बढी रहेको छ । देशभर २४ घण्टामा थप २ हजार ७२ जना कोरोना संक्रमणमुक्त भएका छन् । यो संक्रमित भन्दा ३ सय ९५ ले बढी हो ।
योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ७ लाख ३१ हजार पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
त्यसैगरी हालसम्म नेपालमा कोरोना संक्रमणको कारण १० हजार ८ सय ७९ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्रै कोरोनाको कारण थप २१ जनाको ज्यान गएको छ ।
मन्त्रालयका अनुसार हाल नेपालमा ३० हजार ३ सय ३ सक्रिय संक्रमित रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया