प्रचण्डले भने : ‘एमसीसी पास हुँदैन’

लोकपथ
156
Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमसीसी पास नहुने बताएका छन् ।

मंगलबार (आज) एक सार्वजनिक कार्यक्रममा बोल्दै पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले सो कुरा बताएका हुन् ।

‘एमसीसी पास हुँदैन । किनभने हामीले यसबारे अमेरिकालाई कुटनीतिक नोट पठाएका छौँ, त्यसको जवाफ आएन । जवाफ नआएपछि एमसीसी पास हुने कुरा हुँदैन ।’ प्रचण्डले भने ।

त्यसैगरी प्रचण्डले माओवादी केन्द्र पनि संसदवादमा फस्दै गएको भन्दै संसदवादले राम्रो नगरेको बताएका छन्।

पछिल्लो समय एमसीसीका विषयमा सत्तारुढ गठबन्धनका नेताहरुबीच नै मतभेद देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?