तेह्रथुम पावरको आईपीओ बाँडफाँटको साइत जुर्‍याे

लोकपथ
427
Shares

काठमाडौं । तेह्रथुम पावर कम्पनी लिमिटेडको साधारण सेयर (आईपीओ) काे प्रि-अलाेटमेन्ट सम्पन्न भएको छ । कम्पनीको आईपीओको प्री-अलाेटमेन्ट आज (मंगलबार) सम्पन्न भएको हो ।

प्री-अलाेटमेन्ट सम्पन्न भएसँगै कम्पनीको आईपीओ बाँडफाँड भदाै २५ गते, शुक्रबार गरिने कार्यक्रम तय भएको छ । आईपीओकाे बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेडका अनुसार उक्त आईपीओ भदाै २५ गते, शुक्रबार गरिने भएको हो ।

कम्पनीले भदौ ९ गते, बुधबारबाट सर्वसाधारणहरुका लागि जारी पूँजीकाे २० प्रतिशत अर्थात् ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता आईपीओ निष्कासन गरेको थियो । जसमध्ये ५ प्रतिशत अर्थात् ४० हजार कित्ता म्युचुअल फन्डलाई, २ प्रतिशत अर्थात् १६ हजार कित्ता कर्मचारीहरूलाई सुरक्षित गरी बाँकी ७ लाख ४४ हजार कित्ता सर्वसाधारणलाई छुट्याइएकाे थियाे ।

अन्तिम दिन साँझ ५ बजेसम्म २३ लाख ९६ हजार ३ सय ४८ जना आवेदकले ३ कराेड १२ लाख ४६ हजार ९ सय १० कित्ताका लागि आवेदन दिएका थिए । यो आवेदन सर्वसाधारणका लागि माग गरिएको भन्दा ४२ गुणा बढी हो ।मागभन्दा धेरै आवेदन परेको हुनाले कम्पनीको आईपीओ गोलाप्रथाबाट बाँडफाँट हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?