जहाजका साहुहरुको बदमासी : तिरेनन् १० करोड

लोकपथ
156
Shares

काठमाडौं । जहाजका साहुहरुले १० करोड रुपैयाँ नतिरेपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले ३० दिने सूचना निकालेको छ ।

प्राधिकरणको सूचनामा एअरलाइन्सहरुको ९ करोड ९६ लाख ७६ हजार बक्यौता रकम बुझाउन ९ वटा कम्पनी र २ दर्जनभन्दा बढी सञ्चालकको नाम सार्वजनिक गरेको छ ।

प्राधिकरणले गत १२ सूचना सार्वजनिक गर्दै नाम सार्वजनिक गरेको थियो । प्राधिकरणका अनुसार सञ्चालक मुकुन्दभक्त श्रेष्ठ, दिपमणि राजभण्डारी, दिपकराज कोइराला, रविन्द्र श्रेष्ठ, मृगेन्द्र जोशी र रविचन्द्रमान श्रेष्ठको नाममा ४ करोड ७२ लाख २५ हजार ३ सय ४३ रुपैयाँ बक्यौता रहेको देखिएको छ । प्राधिकरणका अनुसार कर्णाली एअरका नारायणसिंह पुन र स्काइलाइन एअरवेजका आङछिरिङ शेर्पाको निधन भइसकेको छ । एअर काष्ठमण्डपका हमाद अली जावोर कतारी नागरिक हुन् त्यसैगरी, शिवानी एअरका मणिन्द्रलाल रञ्जितकारको नाममा ५५ लाख ५१ हजार ५३ रुपैयाँ र अल्पाइन एअरका नाममा ७२ हजार ७ सय २८ रुपैयाँ बक्यौता देखिएको छ ।

त्यस्तै,गोरखा एअरका सञ्चालक प्रज्वल श्रेष्ठ र डा. उज्वल श्रेष्ठको नाममा उठ्न बाँकी रकम २० लाख ३५ हजार २९ रुपैयाँ रहेको प्राधिकरणले जनाएको छ । त्यस्तै,कर्णाली एअरका स्व।नारायणसिंह पुन र सविना राई पुनको नाममा १७ लाख ४६ हजार ३ सय रुपैयाँ बक्यौता रहेको छ । त्यस्तै,प्रज्ञानसमशेर जंगबहादुर राणा, सिध्दिदा राणा र शिवेद्रबहादुर बस्नेतको नाममा रहेको माउण्टेन एअरको बक्यौता पनि १२ लाख ७३ हजार ६ सय ९४ छ । कस्मिक एअरका रविन्द्रप्रसाद प्रधानको नाममा ३ करोड ४७ लाख ५८ हजार ७० रुपैयाँ बाँकी छ ।
त्यस्तै,स्काइलाइन एअरवेजका ५ जना सञ्चालकले १५ लाख ५० हजार ४ सय तिर्न बाँकी छ । स्व. आङछिरिङ शेर्पा,पेम्बा छिरिङ शेर्पा,मिङ्मा दोर्जे शेर्पा,तेन्जिङ नोर्बु शेर्पा र यादव खरेलको नाममा उक्त बक्यौता रकम देखिएको हो ।

त्यस्तै,एअर काष्ठमण्डपका प्रज्वल श्रेष्ठ, उज्जवल श्रेष्ठ र हमाद अली जावोरले प्राधिकरणलाई ७ लाख ३८ हजार ४ सय ४७ रुपैयाँ तिर्न बाँकी रकम देखिएको हो ।

प्राधिकरणले बक्यौता भुक्तानी नगर्ने कम्पनीका सञ्चालकहरुलाई कालोसूचिमा राख्ने चेतावनी भने दिइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?