व्रत सकियो ? थाहा पाउनुहोस् : के खाने, के नखाने (चिकित्सकको सुझावसहित)

लोकपथ
221
Shares

काठमाडौं – व्रत बस्नु स्वास्थ्यका लागि फाइदाजनक छ। तर व्रत सकिएपछि अधिकांश मानिसहरु खान नहुने कुराहरु बढी खाएर बिरामी पर्नेगरेका छन्। यस्तो गर्दा व्रतका फाइदाभन्दा नोक्सान धेरै गर्छ ।

कतिपय मानिसहरु त बिरामी समेत पर्छन् । त्यसैले लोकपथ डटकमले चिकित्सकको सल्लाहमा व्रतालुले व्रत समाप्तीपछि के खाने के नखाने भनेर जिज्ञासा राखी टिप्सहरु यहाँ प्रस्तुत गरेको छ ।

दिनभरको व्रत सकिएपछि व्रतको दिन बेलुका अन्न खान नहुने भनिन्छ । तर फलफूल र झोलयुक्त पदार्थ भने खान छुट छ । व्रतको दिनमा प्रशस्त पानी, फलफूल र फलफूलको जुस खान सकिन्छ।

व्रत बस्दा निराहार बस्दा राम्रो भए पनि स्वास्थ्यमा समस्या हुनेले झोलिलो कुरा खानुहोला । दिनभरको भोको पेटले तत्काल कडा खाना पचाउन सक्दैन।

लामो व्रतपछि एकै पटक धेरै खानेकुरा खाँदा शारीरिक प्रतिक्रिया उत्पन्न भएर मानिस बेहोस हुन सक्छ । ठोस खाना मात्रै होइन, पानी पनि एक्कासि धेरै पिउनु हुँदैन । पहिले थोरै खाएर केही बेर आराम लिएपछि फेरि खानु उपयुक्त हुन्छ ।

-सिधै पानी पिउनुभन्दा सलादबाट पाइने पानीले धपेडीमा फाइदा गर्छ ।

-व्रत सकिएपछि आँटाको रोटी बनाई आलुसँग खान सकिन्छ ।

-व्रतमा साबदाना शुद्ध दुध मिलाएर शुद्ध परिकार बनाएर खाँदा आडिलो हुन्छ।

-व्रत बस्दा दुधमा बदाम भिजाएर पनि खान सकिन्छ।

-व्रतको दिन वा सकिएपछि केही क्षण सहजताको लागि कोल्ड ड्रिङ्स लिने बानी छ भने त्यसले मुटुमा गम्भीर खतरा पैदा गर्छ। व्रतको दिन कुनै पनि बाहिरी पेय पदार्थ नपिउनुहोला ।

-खाली पेटमा तत्काल दुध चिया पिउनु पनि ठीक होइन।

-मसलेदार खाना खानु राम्रो हुँदैन ।

-जंक फुड खान हुँदैन ।

-रोटी, दाल, भात र तरकारी नै उत्तम हुन्छ। यसमा कार्बोहाइड्रेट हुने भएकाले शरीरमा तागत पनि दिन्छ। खानासँग सलादको मात्रा धेरै खानुपर्छ ।

-व्रत बस्दा चिल्लो–पिरो खानुहुँदैन।

-गर्भवती महिला व्रत नबसेको राम्रो हुन्छ। मुटु, कलेजो, फोक्सो, मृगौला, मधुमेह, उच्च रक्तचापका समस्या भएकाले व्रत बस्न हुँदैन ।

-यसबाहेक स्वास्थ्यअवस्था राम्रा भएकाहरु महिनामा एक दुई पटक वा हप्तामा एक दिन व्रत बसेको राम्रो हुन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?