व्रत बस्नुका फाइदा : वजन घटाउनेदेखि रोग प्रतिरक्षा प्रणाली बढाउनेसम्म !

लोकपथ
104
Shares

काठमाडौं – व्रत अर्थात् उपवास । पछिल्लो समय मानिसहरु आफ्नो स्वास्थ्यप्रति निकै सचेत भएका छन् । तुलनात्मक रुपमा मानिसहरुले खानपान र आहारविहारलाई धेरै हदसम्म ख्याल राख्न थालेका छन् । कतिपयले हप्तामा एक दिन वा पन्ध्र दिन या महिनामा एक दिन व्रत बस्ने गरेका छन् । यसका अलावा आफ्नो शारीरिक तौल घटाउन चाहनेहरुले पनि इन्टरमिडियट फास्टिङमा बसेर खानपान र आहारविहारलाई ध्यान दिन थालेका छन् ।

व्रत किन बस्नुपर्छ ?
कुनै चाडबाड धर्म संस्कारमा व्रत बस्नुलाई अनिवार्य मानिएका कारण यसको गलत बुझाइ व्याप्त रहे पनि शारीरिक तथा मानसिक स्वास्थ्यको लागि व्रत बस्नु वा उपवासका विधि अपनाउनु निकै हितकर हुने विभिन्न अनुसन्धानबाट पुष्टि भइसकेको छ ।

हिन्दु धर्म संस्कृति कुनै चाडमा पानीसमेत नखाई भोकभोकै बसी भगवानको पूजा गर्नुपर्छ भनिएका कारण मानिसहरुमा गलत बुझाइ पर्नु स्वभाविक हो तर हिन्दु धर्म संस्कृतिमा व्रत बस्नुका पछाडि रहेका वैज्ञानिक कारणबारे आज हामी यहाँलाई जानकारी गराउँदैछौँ ।

पानी पनि नपिई व्रत बस्नु स्वास्थ्यका लागि हितकर नभए पनि आफ्नो स्वास्थ्यमा सुधार ल्याउन, प्रतिरक्षा प्रणालीलाई बलियो बनाउन, शरीरमा ऊर्जा ल्याउन अनि अन्य थरीथरीका समस्याबाट राहत पाउन व्रत बस्नु निकै लाभकारी हुन्छ ।

१. महिनामा दुई/चार पटक व्रत बस्दा शरीरलाई निकै राम्रो गर्छ, यसो गर्दा पाचन प्रणालीले आराम गर्ने मौका पाउँछ।

२. तौल घटाउन चाहने व्यक्तिले हप्ताको एक दिन व्रत लिने गर्दा शरीरको लागि निकै लाभदायक मानिन्छ ।

३. ठीक अवस्थामा लिइएको उपवासबाट पाचन प्रक्रियामा सुधार ल्याउनुका साथै खाने बानीमा समेत सुधार आउँछ ।

४. शरीरको महत्त्वपूर्ण अङ्ग मस्तिष्कको काम गर्ने क्षमतामा पनि वृद्धि हुन्छ।

५. समय समयमा व्रत लिँदा शरीरमा रहेका विकार र विषाक्त पदार्थहरुको थिग्रने र बाहिरिने प्रक्रियामा मदत पुग्छ ।

६. मधुमेहबाट बच्न र शरीरमा इन्सुलिनको मात्रा बढाउन व्रतले सहयोग गर्दछ ।

७. व्रत बस्दा शरीरको रोगप्रतिरक्षा प्रणाली क्रमिक रुपमा बलियो हुँदै जान्छ ।

८. व्रत बस्दा अनुहारको छालालाई सफा, प्राकृतिक चमक बढाउन मदत पुग्छ ।

९. डिप्रेसन, एन्जाइटी, अनिँदो, मानसिक तनावका बिरामीले व्रत बस्दा चिन्ता, तनाव र पीडा कम गर्न सहयोग पुग्ने अनुसन्धानबाट देखिएको छ ।

१०. हप्तामा एक दिन वा महिनादिनमा ३ पटकसम्म नियमितरूपमा व्रत बस्ने गर्दा दिमागको एकाग्रता बढ्छ।

११. व्रतले शरीरको थकान र तनावमा समेत कमी गर्छ ।

१२.  हप्तामा एक पटक पनि व्रत बस्दा कोलेस्ट्रोलको मात्रा कम हुन्छ।

१३. व्रत बस्दा मानसिक हिसाबले शान्ति मिल्छ ।

१४. व्रतले धैर्य गर्ने ऊर्जा प्राप्त हुन्छ।

१५. व्रतले आत्मनुशासन, सकारात्मक सोचको वृद्धि गर्छ ।

 १६. व्रत बस्दा तन्नेरी रहन मदत गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?