मन्त्रालयकै संरक्षणमा स्थानीय तहमा भ्रष्टाचार !

पर्सा । नेकपा एमाले निकट युवा संघले पर्साको धोबिनी गाउँपालिकामा नाराबाजीसहित विरोध प्रर्दशन गरेको छ।

मेयर सुरेशप्रसाद कुर्मीसामु १५ बुँदे ज्ञापनपत्र बुझाउन जाँदा मेयर कुर्मीले अभद्र व्यवहार गरेका छन्। मेयरको अभद्र व्यवहारका कारण युवा संघले विरोधमा नारा लागाउँदै मोटरसाइकल र्‍याली निकालेको थियो।

मेयरले सत्ताको मातमा अभद्र व्यवहार गरी विज्ञप्ति बुझ्न नमानेको युवासघंका सदस्यहरुको भनाइ छ।

धोबिनी गाउँपालिकामा धेरै आर्थिक हिनामिना भएका कारण अहिले सम्म पालिकाले गाउँ सभा गर्न सकेको छैन। अहिले सम्म पनि गाउँसभा हुन नसकेका कारण स्थानियवासी निराश त थिए नै मेयरको संविधानविरोधी व्यवहारले झन् आक्रोशित बनेका छन्।

पुर्व गाविस अध्यक्ष अ्म्विका रावत भन्छन्, ‘मेयरको राणा शासन झल्काउने प्रवृत्तिका कारण हामी आन्दोलित बनेका हौँ । शान्तिपुर्ण तरिकाले सूचनाको हक प्रयोग गर्दा उहाँले बल प्रयोग गर्नुपर्ने कारण नै थिएन । एउटा पालिकाको मेयरले यस्तो व्यवहार गर्नु आफैँमा लज्जास्पद विषय हो ।’

मेयरले विज्ञप्ति बुझ्न नमानेपछि युवा संघले पालिका कार्यलयको मुलगेटमा पुगी नाराबाजी गरेको थियो।

आखिर मेयरले त्यस्तो अभद्र व्यवहार गर्नलाई विज्ञप्तिमा त्यस्तो के थियो ? युवा संघले मेयर सुरेशप्रसाद कुर्मी सामु बुझाउन तयार गरेको १५ बुँदे विज्ञप्ति यस्तो छ।

 

प्रमुख प्रशासन अधिकृतले लाखौं रकम लिई विभिन्न पदमा कर्मचारी नियुक्ति गरेको भन्ने पनि युवा संघको आरोप छ ।

लामो समयदेखि गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीहरुको मिलेमतोमा काम नै नगरी बजेट पचाएको, विकासको नाममा गुणस्तरहिन काम गरेको, जनताका माग र गुनासो सम्बोधनमा जनप्रतिनिधिले नजरअन्दाज गरेको आरोप युवासंघले लाएको छ। आर्थिक वर्ष २०७४/०७५ देखीका सबै हिसाब–किताब पारदर्शी गर्नुपर्ने कुरा विज्ञप्तीमा छ। आर्थिक वर्ष २०७४/०७५ देखि अहिले सम्म कुनै पनि काम गुणस्तिरिय नभएको युवा संघको आरोप छ।

स्थानिय सरकार कमिसनको भरमा काम गर्ने भएकाले पालिकामा विकास हुन सकेको छैन। सबै कुरा थाहा पाउदा पनि यस विषयमा प्रदेश सरकार पनि मौन देखिन्छ। संबन्धित निकाय यसरी मौन हुदा झन अनियमितता र भ्रष्टचार बढेको युवा संघका अध्यक्ष रामाधार पटेल बताउछन।

पलिकाको बजेटमा जनप्रतिनिधिको मनपरी चल्दै आएको छ । एक ठाउँमा खर्च गर्नुपर्ने रकम आफुअनुकुल खर्च गर्ने गरेको पनि स्थानियवासीको आरोप छ ।

त्यस्तै विपद व्यवस्तापनमा खर्च गर्नुपर्ने रकमले कर्मचारीका लागि इन्धन खरिदमा खर्च गर्ने गरेको पाईएको छ।
कयौ यस्ता योजना छन जसमा लाखौ, करोडौ बजेट विनियोजन गरियो । खर्च पनि करोडौ गरेको छ। तर त्यो बजेटमा एउटा कुर्सि सम्म खरिद गरिएको छैन । उनले भने, मेयरसाबको माथि सम्म राम्रो पहुच भएका कारण अख्तियारले थाहा पाएर पनि वास्ता गर्दैन। हामिले पटक पटक आवाज नउठाएका होईनौ । तर हाम्रो आवाजको संवोधन कहिल्यै गरिएन ।

युवा संघका अध्यक्ष रामाधार पटेल भन्छन, ‘गाउँपालिकाका जनप्रतिनिधिले गत आर्थिक वर्ष देखि नितिगत भ्रष्टचार गरेको तथ्य फेला परेपछि ज्ञापनपत्र मार्पmत पालिकाको विकृति उजागर गर्न थालिएको हो। जिनसीमा पनि कराडौंको भ्रष्टचार गरेका छन ।’

ज्ञापनपत्रमा उल्लेखित माग यथाशिघ्र उपलब्ध नगराए चरणबद्ध रुपमा आन्दोलनमा जाने चेतावनी दिएको अध्यक्ष पटेलले जानकारी दिएका छन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?