देशका विभिन्न स्थानबाट जुवातास खेलिरहेको अवस्थामा २१ जना पक्राउ

लोकपथ
84
Shares

काठमाडौं । काठमाडौंको हिलेटोलसहित देशका विभिन्न स्थानहरुबाट जुवातास खेलिरहेको अवस्थामा प्रहरीले २१ जनालाई पक्राउ गरेको छ ।

प्रहरीले काठमाडौं महानगरपालिका-१६ बालाजु बसन्तनगर हिले टोल बस्ने भारत मोतिहारी घर भएका ३४ वर्षीय लाल बाबु गुप्ताको टहरोमा तास खेलिरहेको अवस्थामा गुप्ता सहित ७ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

उक्त टहरोमा जुवातास खेलिरहेको भन्ने सूचनाको आधरमा महानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनीहरुलाई नगद १ लाख ३१ हजार रुपैयाँ र १ बुक तास सहित पक्राउ गरेको हो ।

त्यसैगरी नवलपरासी (पूर्व), देवचुली नगरपालिका(१७ स्थित मणिराम महतोको कुमारवर्ती होटलमा तास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३६ वर्षीय कमल महतो समेत ५ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनीहरुलाई नगद १ लाख ५० हजार ८ सय ५० रुपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो ।

त्यस्तै तनहुँ, ब्यास नगरपालिका-४ बस्ने मिन बहादुर गुरुङको घरमा तास खेलिरहेको अवस्थामा गुरूङ समेत ९ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । उनको घरमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको प्रहरीले उनीहरुलाई नगद २ लाख ३८ हजार ४० रुपैयाँ र ४ बुक तास सहित पक्राउ गरेको हो ।

पक्राउ परेकाहरु उपर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?