सोबलाई अन्तर्राष्ट्रिय एकदिवसीय खेलको पहिलो बलमै सफलता

काठमाडौं। पीएनजीविरुद्ध टस हारेर बलिङ गरेको नेपाललाई पहिलो सफलता प्राप्त भएको छ।

अन्तर्राष्ट्रिय एकदिवसीय खेलमा आफ्नो डेब्यू गरेका नेपाली तीव्र गतिका बलर विक्रम सोबले आफ्नो करियरको पहिलो बलमै विकेट लिएका छन्। सोबले पीएनजीका ओपनर टोनी उरालाई क्लिन बोल्ड गरिदिएका हुन्।

उनले आफ्नो डेब्यू खेलको पहिलो ओभर नै मेडन पनि गरेका छन्। हाल तीन ओभरको समाप्तिमा पीएनजीले ६ रनको स्कोर बनाएर १ विकेट गुमाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?