पीएनजीले टस जितेर ब्याटिङ गर्दै, नेपालबाट तीन खेलाडीको डेब्यू

काठमाडौं। नेपाल र पीएनजीबीचको पहिलो अन्तराष्ट्रिय एकदिवसीय खेलमा पीएनजीले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ।

पहिले फिल्डिङको निम्तो पाएको नेपाली टोलीमा ओपनर ब्याट्सम्यान कुशल भुर्तेल र आशिफ शेखले डेब्यू गर्ने मौका पाएका छन्। त्यस्तै तिब्र गतिका बलर विक्रम सोबले पनि राष्ट्रिय टोलीका लागि डेब्यू गर्दैछन्।

May be an image of one or more people, people playing sport and people standing

नेपाल र पीएनजीबीचको खेल अहिले ११:१५ बजे सुरु हुँदैछ।

नेपालको सुरुवाती ११

ज्ञानेन्द्र मल्ल (कप्तान), कुशल भुर्तेल, आशिफ शेख, आरिफ शेख, शरद भेसावकर, कुशल मल्ल, सोमपाल कामी, सन्दीप लामिछाने, रोहित कुमार पौडेल, विक्रम सोब, पवन सर्रफ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?