विवादका बीच फिल्म थलाइवीको प्रमोसनका लागि ‘कपिल शर्मा सो’मा कंगना आउने पक्का

लोकपथ
364
Shares

काठमाडौं । भारतीय चर्चित कमेडी सो ‘दी कपिल शर्मा सो’को नयाँ सिजन निकै चर्चामा रहेको छ । कपिल शर्मा सोमा हालसालै कियारा आडवाणी र सिद्धार्थ मल्होत्रा देखिएका थिए । कपिलको सो मा भारतीय अभिनेता नेत्रीहरु आफ्नो फिल्म प्रोमोसन गर्न आउने गरेका छन् ।

यसैबीच भारतीय सञ्चार माध्यम आजतकका अनुसार आगामि एपिसोडमा फिल्म थलाइवीको प्रोमोसनका लागि कंगना रनौत गेस्टका रुपमा आउने भएकी छिन् ।

पछिल्लो समय फिल्म थलाइवीको प्रोमोसनका विषयमा निकै विवाद भएको थियो ।

कंगनाले धेरै पटक कल्टीप्लेक्ट र सिनेमा हलहरुमा फिल्म रिलिज गर्ने प्रस्ताव गरेपनि उनको फिल्म कहिले रिलिज हुन्छ भन्ने बारे अझै अन्योल भएपछि आक्रोश व्यक्त गरेकी थिइन् ।

आफ्नो सामाजिक सञ्जाल इन्स्टाग्राममा आक्रोश व्यक्त गर्दै कंगनाले लेखेकी थिइन् – “मैले आफ्नो फिल्मको ट्रेलर आफ्नो प्रोफाइलमा अपलोड गर्न सकिरहेको छैन् । मेरो प्रोफाइल भेरिफाइड छ र आफ्नो कन्टेन्ट आफ्नो प्रोफाइलमा हाल्न पाउने मेरो अधिकारको कुरा हो । मैले मेरो दुख र मिहेनेतले फ्यान कमाएकी हु । मैले मेरो प्रोफाइलमा मेरो कन्टेन्ट अपलोड गर्न कसैको अनुमति चाहिदैन । आफ्नो सोच बदल बेवकूफ”

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?