चौथो टेस्टमा भारतको शानदार जित

काठमाडौं। इङ्ल्यान्ड भ्रमणमा रहेको भारतीय क्रिकेट टोलीले चौथो टेस्टमा १५७ रनको शानदार जित प्राप्त गरेको छ।

लन्डनस्थित ‘द ओभल’ मैदानमा खेलिएको चौथो टेस्ट खेलमा घरेलु टोलीले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेको थियो। भारतले पहिलो इनिङमा १९१ रनको सामान्य लक्ष्य तयार पारेको थियो। जवाफी ब्याटिङका लागि मैदानमा उत्रेको इंग्लिश टोलीले पहिलो इनिङमा २९० रन बनाएको थियो।

Virat Kohli and Ajinkya Rahane are all smiles after sealing victory, England vs India, 4th Test, The Oval, London, 5th day, September 6, 2021

दोस्रो इनिङमा ९९ रनले पछाडि परेको भारतले शानदार ब्याटिङ गरेको थियो। भारतका लागि ओपनर रोहित शर्माले १२७ रनको शतकीय पारी खेल्दा भारतले ४६६ रनको विशाल योगफल तयार पारेको थियो।

भारतका लागि अन्य ब्याट्सम्यान चेतेश्वर पुजाराले ६१, शारदुल ठाकुरले ६० तथा ऋषभ पन्तले ५० रन जोडेका थिए। जवाफी ब्याटिङमा ३६८ रनको लक्ष्य लिएर मैदानमा उत्रेको इंग्लिश टोली २१० रनमै अलआउट भएको थियो।

Cheteshwar Pujara congratulates Rohit Sharma on his century, England vs India, 4th Test, The Oval, London, 3rd day, September 4, 2021

 

इङ्ल्यान्डका लागि ओपनर रोरी बर्न्स र हासीब हमीदले अर्ध शतकीय पारी खेल्दा अन्य ब्याट्सम्यान सस्तोमै समेटिएका थिए। यस जितसँगै भारतले ५ खेलको शृंखलामा २१ को अग्रता लिएको छ। खेलमा रोहित शर्मा ‘म्यान अफ दि म्याच’ घोषित भएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?