नेपाल र पीएनजीबीचको पहिलो एकदिवसीय खेल आज (सम्पूर्ण जानकारी)

काठमाडौं। ओमान भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज (मंगलवार) पपुवा न्युगिनी (पीएनजी)सँग पहिलो अन्तराष्ट्रिय एकदिवसीय खेल खेल्दै छ।

आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत आयोजक राष्ट्र ओमान र संयुक्त राज्य अमेरिकासँग त्रिदेशीय अन्तराष्ट्रिय एकदिवसीय सिरिज खेल्न ओमान गएको नेपाली क्रिकेट टोलीले सो प्रतियोगिताका लागि अभ्यास स्वरूप पीएनजीसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो। नेपाल र पीएनजीबीच दुई मैत्रीपूर्ण अन्तराष्ट्रिय एकदिवसीय खेलको तालिका रहेको छ।

Nepal to play ODI series against Papua New Guinea before CWC League 2 matches - Cricnepal.com EN

१९ महिना पछि अन्तराष्ट्रिय एकदिवसीय खेल खेल्न गइरहेको नेपाली टोलीको सुरुवाती ११ मा केहि परिवर्तन आउने अपेक्षा गरिएको छ। पहिलो पटक राष्ट्रिय टोलीमा सम्मिलित १८ वर्षीय तिब्र गतिका बलर गुलशन झालाई नेपाली जर्सीमा देखिने सम्भावना बलियो रहेको छ।

त्यस्तै नेपालका कप्तान ज्ञानेन्द्र मल्लले यस ओमान भ्रमणमा नेपालले सुरुवाती ब्याटिङमा आरिफ शेख र कुशल भुर्तेलको साझेदारी अपनाउने जानकारी पनि दिइसकेका छन्। त्यस्तै, लामो समयपछि राष्ट्रिय टोलीमा पुनरागमन गरेका शरद भेसावकारले आज नेपालको मिडल अर्डर ब्याटिङ सम्हाल्ने सम्भावना पनि बलियो देखिन्छ।

May be an image of 2 people, people standing and grass

नेपालले पछिल्लो पटक २०७६ को माघ २९ मा अमेरिकाविरुद्ध अन्तराष्ट्रिय एकदिवसीय खेल खेलेको थियो। त्यस पश्चात् नेपालले कुनै पनि अन्तराष्ट्रिय एकदिवसीय खेल खेलेको छैन।

उता पीएनजीले हिजो (सोमवार) अमेरिकासँगको पहिलो मैत्रीपूर्ण एकदिवसीय खेलमा ७ विकेटले पराजय भोगेको छ। पीएनजीले अमेरिकालाई निर्धारित ५० ओभरमा प्रस्तुत गरेको १५९ रनको सामान्य लक्ष्य अमेरिकाले २८.२ ओभरमा मात्र ३ विकेट गुमाएर पूरा गरेको थियो।

PNG vs USA Dream11 Prediction: 1st ODI Playing11, Captain, Fantasy

पीएनजीले नेपाल र अमेरिकासँगको समान दुई दुई वटा मैत्रीपूर्ण अन्तराष्ट्रिय एकदिवसीय खेल खेलेपछि उसले विश्वकप लिग-२ अन्तर्गत ओमान र स्कटल्यान्डसँग प्रतिस्पर्धा गर्दैछ। त्यस लगत्तै उसले आईसीसी टी-ट्वान्टी विश्वकप २०२१ अन्तर्गत छनोट चरणका खेल खेल्ने तालिका रहेको छ।

पीएनजीविरुद्ध नेपाल

स्थान: अल अमेरट क्रिकेट मैदान, ओमान

नेपाली समय: बिहान ११:१५

Al Amerat Cricket Stadium - Wikipedia

पछिल्लो भेट
विश्वकप छनोट २०१९ (सन् २०१८, जिम्बावे)
नेपाल ६ विकेटले विजयी

हेड टू हेड
पीएनजी: ३
नेपाल: १

May be an image of one or more people, people playing sport and people standing

प्लेयर्स टू वाच
नेपाल: कुशल भुर्तेल
पीएनजी: असद भाला

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?