हेर्नुहोस् आजको टप १५ हेडलाइन्स्(भिडियोसहित)

लोकपथ
70
Shares

१. बितेको २४ घण्टामा गरिएको १५ हजार ९ सय ७९ कोरोना परीक्षणमा थप १ हजार ८ सय ९७ जनामा संक्रमण पुष्टि, १ हजार ७ सय ४३ जना संक्रमणमुक्त, २० जनाको मृत्यु

२. संखुवासभाको मादी नगरपालिका– १ खोला गाउँटोलमा एकै परिवारका ६ जनाको वीभत्स हत्या, शव मंगलबार मात्रै उठाइने, घटनास्थल विकट भएकोले तालिमप्राप्त कुकुरसहित अनुसन्धानका लागि थप प्रहरी टोली घटनास्थल पुग्दै

३. नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले आसन्न १४औं महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिने तयारी, महामन्त्रीमा गगन थापा, विश्वप्रकाश शर्मा र पौडेलको भीडन्त हुने संकेत

४. आफ्ना नागरिक तुइनबाट खसालिँदा पनि सरकार बोल्न नसकेको भन्दै एमाले अध्यक्ष ओलीले गरे सरकारको चर्को आलोचना, सरकार घरको बाघ बनेको स्याल भन्दै थपे, भुलचुकले कपाल फुल्यो, आफूलाई युवा नै ठान्छु

५. नवनिर्मित भवन चुहिएपछि अख्तियारको टोली स्थलगत अनुगमनका लागि महान्यायाधिवक्ता कार्यालय पुग्यो, गम्भीर त्रुटि देखिएको भन्दै कारबाहीको चेतावनी

६. एमाले विभाजन गर्नकै लागि देउवा सरकारले अध्यादेश ल्याएको एमाले नेता नेम्वाङको आरोप, मन्त्रिपरिषद् विस्तार गर्दा सरकार ढल्ने डरका कारण ढिलाइ भएको भन्दै सरकारको आलोचना

७. तत्काल मन्त्रिपरिषद् पुनर्गठन गरे माओवादी र नेपालको पार्टी फुट्ने एमाले नेता बस्नेतको ठम्याइ, आगामी चुनावमा नेपाली कांग्रेस सबै ठाउँमा हार्ने भनाइ

८. अध्यक्ष मिश्रले संघीयता खारेजी र धर्म निरपेक्षतामा जनमत संग्रह गर्नुपर्ने प्रस्ताव अघि सारेपछि वैकल्पिक राजनीतिको बाटो अँगालेको विवकेशील साझा पार्टी आन्तरिक कलहमा फस्यो, सहमतिको सम्भावना क्षीण हुँदै

९.उपत्यकामा असोज १ देखि विद्यालय खुल्ने, कोरोना जोखिम कम भएका क्षेत्रमा स्थानीय तहले अभिभावकसँग समन्वय गरेर पठनपाठन सञ्चालन गर्न सक्ने

१०. काठमाडौं उपत्यका र आसपासमा आज राति पनि भीषण वर्षाको सम्भावना, गएरातिदेखि परेको भारी वर्षाको कारण चार सय घर डुबानमा, तीन सय जनाभन्दा बढीको उद्धार, देशका विभिन्न राजमार्गमा पहिरोले क्षति पुग्यो

११. रुकुम–पश्चिमको आठबीसकोट नगरपालिकामा रहेको सिस्ने हिमाल बाल गृहमा रहेकी १३ वर्षीया बालिका गर्भवती, बालिका बलात्कारको आरोपमा बाल गृह सञ्चालकका कान्छा छोराविरुद्ध उजुरी दर्ता

१२. सरकारले हलिया मुक्तिको घोषणा गरेको १३ वर्ष बित्यो, दुई हजार सात सय ११ घरधुरीको अझै पुनस्र्थापना हुन बाँकी, मुक्त भएका हलियालाई रोजगारीको व्यवस्था गर्न माग

१३. सेयर बजार सुधार्न माग गर्दै लगानीकर्ता आन्दोलित, अर्थमन्त्रीले माग सम्बोधन गर्ने आश्वासन दिएसँगै सेयर बजारमा उछाल, नेप्से एक सय ६१ दशमलव ९४ अंकले बढ्यो

१४. पञ्जसिर उपत्यकालाई नियन्त्रणमा लिएको तालिबानको दाबी, परिवारकै अगाडि गर्भवती प्रहरीको गोली हानी निर्मम हत्या भएपछि अफगानी नागरिक त्रासमा

१५. आगामी असोज २ गते हुने मैत्रीपूर्ण खेलका लागि बंगलादेशी महिला फुटबल टोली नेपालमा, उज्वेकिस्तानमा आयोजना हुने एएफसी महिला एसियन कप छनोटको तयारीमा नेपाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?