देउवा सरकारप्रति ओलीको आक्रोश

लोकपथ
133
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सडकमा आएका युवाहरुलाई लाठी बर्साउने शेरबहादुर देउवा सरकारले भारतसँग चुइक्क नबोलेको प्रति आक्रोश व्यक्त गरे ।

राष्ट्रिय युवा संघ, नेपालले आयोजना गरेको बृहत भेलामा सम्बोधन गर्दै अध्यक्ष ओलीले तुइनबाट खसालेको भनेर प्रतिवेदन आउँदा पनि सरकारले केही बोल्न नसकेको बताए ।

‘भारत थाहा छैन भन्छ, नेपाल सरकारले थाहा दिन सक्दैन ? नागरिक मारिदा चुइक्क बोल्न सक्दैन ? अनि यहाँ सडकमा लाठी लगाउन खोज्छ युवालाई’, ओलीले भने, ‘यस्तालाई भन्छन् घरका बाघ, बनका स्याल ।’

उनले सरकारको यो भन्दा नालायकी के हुन्छ ? भन्दै प्रश्न गरे । एउटा पार्टीको सरकार भए त बोल्न सकेन भनेर चित्त बुझाउन सकिने भन्दै पाँच पाँच वटा पार्टी हुँदा पनि बोल्न नसक्नु अचम्म भएको बताए । उनले यहाँ आफ्नो नेतृत्वको सरकारका पालामा ठुलाठुला धाकधक्कु लाउनेहरु कता गए भन्दै प्रश्न समेत गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?