सोमबार १ हजार ८९७ संक्रमित थपिए, २० जनाको मृत्यु

लोकपथ
91
Shares

काठमाडौं । पछिल्लो २४ घण्टामा थप १ हजार ८९७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। सोमबार १५ हजार ९७९ जनामा कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका स्वास्थ्य जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै, संक्रमितमध्ये काठमाडौं उपत्यकामा ६०६ जनालाई संक्रमण देखिएको छ। काठमाडौंमा ४१८, भक्तपुरमा १०१ र ललितपुरमा ८७ जना संक्रमित थपिएका हुन्।

स्वास्थ्य जनसंख्या मन्त्रालयका अनुसार १ हजार ७४३ जना कोरोना संक्रमणबाट मुक्त भएका छन्।
त्यस्तै आज कोरोना संक्रमणबाट थप २० जनाले ज्यान गुमाएका छन्। योसँगै मृत्यु हुनेको संख्या १० हजार ८५८ पुगेको

पछिल्लो २४ घण्टामा ११ हजार ६०९ जनाको पिसिआर र ४ हजार ३७० जनाको एन्टिजेन परीक्षण गरिएको मन्त्रालयले जानकारी दिएको छ ।

हालको सक्रिय संक्रमित संख्या ३० हजार ९७३ सय र हालसम्म निको हुनेको दर ९४.६ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?