पाकिस्तानमा तीन हजार ६१३ जना थप व्यक्ति संक्रमित

RSS
77
Shares
A health official of an emergency rescue service checks the body temperature of a government employee in Peshawar, Pakistan, Thursday, March 12, 2020. The vast majority of people recover from the new coronavirus. According to the World Health Organization, most people recover in about two to six weeks, depending on the severity of the illness. (AP Photo/Muhammad Sajjad)

काठमाडौं । पाकिस्तानमा आइतबार तीन हजार ६१३ कोभिडका थप सङ्क्रमित भेटिएको नेशनल कमाण्ड एण्ड अपरेसन सेन्टर (एनसीओसी) ले सोमबार जनाएको छ ।

पाकिस्तानमा कोरोना शुरु भएदेखि हालसम्म ११ लाख ८२ हजार ३१९ जना संक्रमित भएका छन् । त्यसगरी १० लाख ६४ हजार ३१९ कोरोना मुक्त भएका छन् ।

हाल पाकिस्तानमा सक्रिय संक्रमितको संख्या ९२ हजार ३६७ रहेको छ । ती मध्ये ५ हजार ६०६ जना अवस्था गम्भीर रहेको बताइएको छ । कोरोनाको कारण हालसम्म पाकिस्तानमा २६ हजार २३२ जनाका मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?