स्वास्थ्य राज्यमन्त्रीलाई पदमुक्त नगरेको भन्दै डा. केसीले दिए अनशनको चेतावनी

लोकपथ
28
Shares

काठमाडौं । चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले स्वास्थ्य राज्यमन्त्रीलाई पदमुक्त गर्नुपर्ने माग पुरा नभएको भन्दै अनशनको चेतावनी दिएका छन्।

डा केसीले सोमबार विज्ञप्ति जारी गरी स्वास्थ्य राज्यमन्त्रीलाई पदमुक्त गर्नुपर्ने लगायतका माग पुरा नभएको भन्दै कुनै पनि बेला अनशन सुरु गर्ने चेतावनी दिएका हुन्।

विज्ञप्तिमा भनिएको छ, ‘स्वास्थ्य राज्यमन्त्रीलाई पदमुक्त गर्ने लगायतका हामीसँग भएका समझदारीका बुँदाहरु तत्काल कार्यान्वयन गर्न माग गर्दछौ। यी मागहरु पुरा नगरी सरकारले अहिलेकै निष्क्रियता, लाचारी र अनियमितता कायम राखेमा कुनै पनि बेला सत्याग्रह सुरु गछौँ।’

आफुसँग सरकारले पटक–पटक सम्झौता गरेपनि इमान्दारिताका साथ कार्यान्वयन नगरेकोप्रति डा केसीले आक्रोश व्यक्त गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?