प्रदेश २ : जितेन्द्र सोनलले गरे लोसपाको पक्षमा सनाखत

लोकपथ
84
Shares

जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा)का प्रदेश २ का प्रदेशसभा सदस्य जितेन्द्र सोनलले सोमबार लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को पक्षमा सनाखत गरेका छन्।

जनकपुरधामस्थित निर्वाचन आयोगको प्रादेशिक कार्यालयमा पुगेर बाराको निर्वाचन क्षेत्र नम्बर ४ ‘ख’ बाट निर्वाचित सोनलले लोसपाको पक्षमा सनाखत गरेका हुन् ।

सोनल तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) बाट निर्वाचित भएका थिए । सोनलले सनाखत गरेसँगै प्रदेशमा लोसपा सांसदको संख्या १६ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?