काठमाडौं । नेकपा एमालेका नेता तथा सांसद महेश बस्नेतले आगामी चुनावमा नेपाली कांग्रेस सबै ठाउँमा हार्ने बताएका छन् । राष्ट्रिय युवा संघ, नेपालले आयोजना गरेको भेलामा सम्बोधन गर्दै नेता बस्नेतले आगामी चुनावमा कांग्रेस एमालेसँग जसरी पनि हार्ने बताए ।
उनले भने, ‘प्रधानमन्त्रीमा केपी शर्मा ओली हुँदा सडक, पुल लगायतका सयौँ पूर्वाधारको शिलान्यास भयो, तर शेर बहादुर देउवाजीले २ महिनाको अवधिमा दुई वटा मात्र आयोजनाको मात्र उद्घाटन गर्नु भयो।’
त्यस्तै उनले प्रचण्ड र माधव नेपाललाई घिउ नपचेर पार्टी फुटाएको आरोप लगाए । ‘मलाई लाग्दैन माधव नेपालले एमालेलाई चुनौती दिन सक्छन्।’,उनले भने,’अहिले मन्त्रिपरिषद पुर्नगठन गरे, माओवादी र माधव नेपालको पार्टी फुट्छ, त्यही भएर अध्यदेश निष्कृय गर्ने चक्करमा लागेका छन्।’
उनले संसदमा भदौ २३ गते एमालले प्रमुख प्रतिपक्षी दलको भूमिका देखाउने बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया