लगानीकर्ताहरुद्वारा राष्ट्र बैंक घेराउ

लोकपथ
0
Shares

काठमाडौं – सेयर धितो कर्जाको सीमाबाट असन्तुष्ट बनेका सेयर लगानीकर्ताहरुले सोमबार नेपाल राष्ट्र बैंक घेराउ गर्दै प्रदर्शन गरेका छन्।

उनीहरुले राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत ल्याएको सेयर प्रकृतिको कर्जामा ४ करोड र १२ करोडको सीमा लगाएको व्यवस्था तुरुन्त खारेज गर्न माग गर्दै १८ बुँदे ज्ञापनपत्र समेत बुझाएको छ ।

उनीहरुले गभर्नर महाप्रसाद अधिकारीको राजिनामा समेत माग गरेका छन् । राष्ट्र बैंकले सेयर धितोमा प्रवाह हुने मार्जिन प्रकृतिको कर्जामा एक व्यक्ति वा संस्थाले एक वित्तीय संस्थाबाट अधिकतम ४ करोड रूपैयाँ र समग्र वित्तीय प्रणालीबाट अधिकतम १२ करोड रूपैयाँसम्म मात्र लिन सक्ने व्यवस्था मौद्रिक नीतिबाट गरेको थियो। मौद्रिक नीतिमा यो व्यवस्था गरेसँगै सेयर बजार लगातार ओरालो यात्रा तय गरिरहेको हो ।

राष्ट्र बैंक घेराउपछि संघर्ष समितिका संयोजक ढकालले राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकाललाई १८ बुँदे ज्ञापनपत्र बुझाएका छन्। ज्ञापनपत्र बुझ्दै प्रवक्ता ढकालले सेयर धितो कर्जा सीमा केहि परिमार्जन गरिने बताएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?