नेप्सेमा २ बैंकको ऋणपत्र सूचीकृत

लोकपथ
182
Shares

काठमाडौं – नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा २ वटा बैंकको ऋणपत्र सूचीकृत भएको छ । नेप्सेका अनुसार आज (सोमबार) सांग्रिला डेभलपमेन्ट बैंक र प्राइम कमर्सियल बैंकको ऋणपत्र सूचीकृत भएको हो।

सांग्रिला डेभलपमेन्ट बैंकको ९ प्रतिशत सांग्रिला डेभलपमेन्ट बैंक ऋणपत्र-२०८७ को सात लाख ५० हजार एकाइ नेप्सेमा सूचीकृत भएको छ ।

त्यसैगरी, प्राइम कमर्सियल बैंकको “८.७५ प्रतिशत प्राइम डिबेन्चर-२०८५” को २४ लाख ४७ हजार ९६३ एकाइ सूचीकृत भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?