४ आश्विन २०७८, सोमवार

सुजुकी ‘पर्वोत्सव’ ग्राहक योजना सुरु

२०७८,भाद्र,२१,सोमवार १३:०३


काठमाडौं । नेपालका लागि सुजुकी कारको आधिकारिक बिक्रेता तथा सिजी होल्डिङको अटोमोटिभ डिभिजन सिजी मोटोकर्पले दशैं तिहारका लागि ‘सुजुकी पर्वोत्सव अफर’ योजना सार्वजनिक गरेको छ।

यो योजनाअन्तर्गत ग्राहकले दुई लाख रुपैयाँ बराबरको नगद छुट, एक लाख पचास हजार रुपैयाँसम्म एक्सचेन्ज बोनस, बीस हजार रुपैयाँसम्म लोयल्टी बोनस, १ वर्षको सवारी बीमा र स्क्रयाच कार्डमार्फत पचहत्तर हजारसम्म अतिरिक्त छुट पाउनेछन्। साथै क्लियरन्स मोडेलमा विशेष छुटको व्यवस्था समेत रहेको कम्पनीले बताएको छ।

यो योजना नेपालभर रहेका सुजुकी गाडीका ३८ वटै सोरूमहरुमा लागू हुनेछ। सुजुकीका विभिन्न मोडेलका कारहरुबमोजिम फरक-फरक हिसाबका छुटहरु लागू हुने कम्पनीले बताएको छ।

सुजुकी ब्रान्डले एस्प्रेसो, वागेन आर्, इग्निस्, बलेनो, डिजाएर, सिआज्, ब्रेज्जा, एस्क्रस्, एर्टिगा, एक्सएल सिक्स्, इको, इको कार्गो र सुपर क्यारी गरी नेपालमा सबैभन्दा बढी गाडीका मोडेलहरु बिक्री गर्दै आएको छ। यो योजना सीमित अवधिका लागि मात्र जारी गरिएको कम्पनीले जनाएको छ ।

प्रकाशित मिति: २०७८,भाद्र,२१,सोमवार १३:०३

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । पछिल्लो केही समय यता सेयर बजारमा निकै उतारचढाव आइरहेको छ । दिनहुँजसो नयाँ कीर्तिमानी राख्दै आइरहेको सेयर बजार

काठमाडौं । सोमबार (आज) देखि दशैँका लागि नयाँ नोट सटही सुरु भएको छ । नेपाल राष्ट्र बैंकले आजदेखि नयाँ नोट

काठमाडौं । आज (सोमबार) नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट आएको छ । नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य

सरकार गैरजिम्मेवार हुँदा १ लाखभन्दा बढी बीमितले कोरोनाबापतको भुक्तानी पाउन सकेका छैनन् । सरकारले आफ्नो दायित्वमा पर्ने रकम भुक्तानी गर्ने

ताजा समाचार