गिनीमा सेनाको कू : राष्ट्रपतिलाई नियन्त्रणमा लिएर सरकारी टेलिभिजनबाट गरे सरकार भंग भएको घोषणा

लोकपथ
1.1k
Shares

काठमाडौं । अफ्रीकाको गिनीमा विद्रोही सैनिकहरूले सरकार कब्जामा लिएको छ । विद्रोही सैनिकहरूले आइतबार राष्ट्रपति भवनमा घन्टौंसम्म फायरिङ गरेर राष्ट्रपति कार्यालय र राष्ट्रपति अल्फा कोन्डेलाई नियन्त्रणमा लिएको बताएका छन् ।

विद्रोहीहरूले सरकारी टेलिभिजनमा राष्ट्रपति आफूहरुले नियन्त्रणमा लिएको र सरकार भंग भएको घोषणा गरे । कर्नेल ममादी डोम्बोयाले देशका सीमा बन्द गरेको र संविधानलाई अवैध घोषणा गरिएको बताए ।

देशको रक्षा गर्नु सैनिकको कर्तव्य रहेको र राजनीति एक व्यक्तिलाई सुम्पनु नहुने गिनीका कर्नेल ममादी डोम्बोयाको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?