गोरु काटेको आरोपमा ३ जना पक्राउ

लोकपथ
117
Shares

काठमाडौं । स्याङ्जामा गोरु काटेको आरोपमा ३ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा स्याङ्जाको भिरकोट नगरपालिका–८ ढापुकफेदी बस्ने नैन सिंह गुरुङ, हुम प्रसाद गुरुङ र खेम गुरुङ रहेका छन् ।

उनीहरुलाई सुराकीको आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरुलाई प्रहरी चौकी दहथुमबाट खटिएको टोलीले पक्राउ गरेको हो ।

गएराती १ बजेको समयमा गोरु काटेर भागबण्डा लगाउँदै गरेको अवस्थामा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । आरोपीहरुमाथि पशुपन्छी सम्बन्धी कसुरमा मुद्दा दर्ता गरेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय स्याङजाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?