बेल्जियमद्वारा चेक गणतन्त्र पराजित

काठमाडौं। जारी फिफा विश्वकप २०२२ अन्तर्गत युईएफए क्षेत्रको छनोट खेलअन्तर्गत बेल्जियमले चेक गणतन्त्रलाई ४-० गोलले पराजित गरेको छ।

बेल्जियमको घरेलु मैदानमा खेलिएको समूह ‘ई’को खेलअन्तर्गत घरेलु टोलीले पहिलो हाफको ८औं मिनेटमा नै अग्रता लिएको थियो। बेल्जियन स्ट्राइकर रोमेलु लुकाकुले गोल गर्दै बेल्जियमलाई अग्रता दिलाएका थिए।

Belgium 3-0 Czech Republic in FIFA World Cup Qualifiers, Belgium at top

पहिलो हाफको ४१ औं मिनेटमा घरेलु टोलीले आफ्नो अग्रता दोब्बर बनायो। बेल्जियमका लागि कप्तान एडेन हजार्डले खेलमा दोस्रो गोल गर्न सफल भएका थिए।

पहिलो हाफमा दुई गोलको अग्रता लिएको बेल्जियमले दोस्रो हाफमा अर्को गोल थप्यो। यस पटक रोमेलु लुकाकुको पासमा एलेक्सिस साएलमेकर्सले गोल गर्दै बेल्जियमको अग्रता तेब्बर बनाएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?