काठमाडौं लगायत देशभर वर्षा, विभिन्न ठाउँ डुबानमा

लोकपथ
182
Shares

काठमाडौं । काठमाडौं उपत्यका लगायत देशभर आइतबार रातभर वर्षा भएसँगै विभिन्न ठाउँ डुबानमा परेका छन् ।

लगातार भएको वर्षाले बागमती र यसका सहायक नदीमा जलसतह बढेको छ । बागमती नदी खोकनास्थित जलमापन केन्द्रमा जलसतहले सतर्कता पार गरेको बाढी पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । काठमाडौं उपत्यकाका विभिन्न बस्तीहरु डुबानमा समेत परेका छन् । यद्यपी यकिन क्षतिको विवरण भने आउन बाँकी नै छ ।

यसैगरी, सिन्धुलीमा पनि भारी वर्षा भएको छ । हरिहरपुरगढी र त्यस क्षेत्रमा पछिल्लो ६ घन्टामा भारी वर्षा भएपछि महाशाखाले तटीय क्षेत्रका बासिन्दाको मोबाइलमा अलर्ट एसएमएस जारी गरेको छ । मोबाइल प्रदायक कम्पनीहरूको सहकार्यमा एसएमएस पठाइने गरिन्छ । आकस्मिक बाढी र ढुवानको जोखिम बढेको हो ।

त्यस्तै, चितवनको माडी क्षेत्रको छर्छरे, कल्याणपुर, कनकट्टा, गोविन्दवस्ती र आसपासका क्षेत्रमा तीन घन्टादेखि पानी परिरहेको छ ।

हाल नेपालमा मनसुनी वायुको प्रभावका कारण वर्षा भइरहेको मौसमविद्ले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?