जर्जियामाथि स्पेनको शानदार जित

काठमाडौं। फिफा विश्वकप २०२२ को युईएफए छनोट अन्तर्गत स्पेनले जर्जियालाई ४-० गोलको फराकिलो अन्तरले पराजित गरेको छ।

स्पेनको घरेलु मैदानमा खेलिएको समूह ‘बी’को खेलमा घरेलु टोलीले पहिलो हाफको १४औं मिनेटमा अग्रता लिएको थियो। स्पेनका लागि लेफ्ट ब्याक जोसे गायाले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए।

Spain secure routine 4-0 win over Georgia - Football Espana

त्यसपछि खेलको २५औं मिनेटमा स्पेनिश मिडफिल्डर कार्लोस सोलरले गोल गर्दै घरेलु टोलीको अग्रता दोब्बर बनाए। पहिलो हाफको खेल अन्त्य हुन ५ मिनेटको समय बाँकि रहँदा स्पेनले अग्रता तेब्बर बनायो।

यस पटक म्यानचेस्टर सिटीका फरवार्ड फेरान टोरेसले गोल गर्दै स्पेनलाई पहिलो हाफमा नै ३-० गोलको अग्रता दिलाएका थिए। दोस्रो हाफमा स्पेनले अर्को गोल थप्यो।

European Zone World Cup Qualification Results: Germany Vs Armenia 6-0 -  Spain Vs Georgia 4-0

खेलको ६३औं मिनेटमा स्पेनिश फरवार्ड पाब्लो साराबियाले गोल गर्दै घरेलु टोलीलाई ४-० को सहज जित दिलाउन सफल भएका हुन्। विश्वकप छनोटअन्तर्गत गत साता स्वीडेनविरुद्ध हार बेहोरेको स्पेनले जर्जियाविरुद्ध शानदार पुनरागमन जित निकालेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?