ब्राजिल र अर्जेन्टिनाबीचको खेल स्थगित

काठमाडौं। फिफा विश्वकप २०२२ कोनमेबोल क्षेत्रको छनोट खेलअन्तर्गत ब्राजिल र अर्जेन्टिनाबीचको खेल स्थगित भएको छ।

आईतवार राति ब्राजिलमा किकअफ भएको खेलको केही मिनेट पछि नै खेल स्थगित गरिएको थियो। मैदानमा एकाएक ब्राजिलियन स्वास्थ्यकर्मी आएर रेफ्री तथा दुवै टोलीका प्रशिक्षक र म्यानेजरसँग कुराकानी गर्दा खेल स्थगित भएको थियो।

Brazil-Argentina game suspended after health authorities attempt to detain  visiting players mid-game | Goal.com

ब्राजिलियन स्वास्थ्यकर्मीका अनुसार पाहुना टोली अर्जेन्टिनाले इंग्लिश प्रिमियर लिगका चार खेलाडीलाई मैदानमा उतारेको थियो। ब्राजिलमा इङ्ल्यान्डलाई कोरोना महामारीको रातो क्षेत्रमा राखिएको कारण प्रिमियर लिग खेल्ने खेलाडीलाई खेलमा अनुमति दिइएको थिएन।

यद्यपि अर्जेन्टिनाले एस्टन भिल्लाका गोलरक्षक एमी मार्टिनेज तथा एमी बुन्डेया र टोटनह्यामका जियोभानी लो सेलसो तथा क्रिस्टियन रोमेरोलाई खेलमा समावेश गरेको थियो। सोही कारण देखाउँदै ब्राजिलियन स्वास्थ्यकर्मीद्वारा खेल स्थगित गरिएको हो।

Brazil-Argentina WCup game suspended in coronavirus dispute | Loop Trinidad  & Tobago

उता ब्राजिलको टोलीबाट प्रिमियर लिग खेल्ने ९ जना खेलाडी यस पटक राष्ट्रिय टोलीमा सम्मिलित थिएनन्। खेलमा ब्राजिलका सुपरस्टार नेयमार तथा अर्जेन्टिनी कप्तान लियोनल मेस्सी आमनेसामने भएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?