काठमाडौं । नेकपा (एमाले) ले नयाँ दलमा संलग्न हुने सूचनाबाट प्रभावित नहुन आफ्ना जनप्रतिनिधिलाई आग्रह गरेको छ ।
एमालेका महासचिव ईश्वर पोखरेलले आज विज्ञप्ति जारी गरी सूर्य चिह्नबाट निर्वाचित प्रदेशसभा र स्थानीय तहका जनप्रतिनिधिलाई नयाँ दलमा नलाग्न आग्रह गरेका हुन् ।
यही भदौ ९ गते पूर्व प्रधानमन्त्री माधवकुमार नेपालको नेतृत्वमा नेकपा (एकीकृत समाजवादी) गठन भएको थियो । देशभरका प्रदेश सभा सदस्य तथा स्थानीय तहका जनप्रतिनिधिहरु एकीकृत समाजवादीको पक्षमा लाग्ने क्रम जारी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया