काठमाडौं । नेपाल डेरी साइन्स एसाेसिएसनको अध्यक्षमा टेकबहादुर थापा निर्वाचित भएका छन् ।
शनिवार सम्पन्न नेपाल डेरी साइन्स एसाेसिएसनका १०औं साधारण सभाबाट आगामी दुई वर्षका लागि टेकबहादुर थापा अध्यक्षमा निर्वाचित भएका हुन् ।
त्यसैगरी उपाध्यमा सियाराम प्रसाद सिंह, महासचिवमा डा. बालक चौधरी, कोषाध्यक्षमा चक्रवर्ति पौडेल, प्रधानसम्पादकमा श्री ईश्वरी राज न्यौपाने र सदस्यहरुमा डा. हसना मैंया श्रेष्ठ, अबिनाश सिंह, डा. बिनोद प्रसाद गुप्ता र उमेश पौडेललाई चयन गरिएको छ ।
कार्यक्रममा बोल्दै अध्यक्ष टेक बहादुर थापाले अघिल्लो समितिका सदस्यहरूलाई धन्यवाद ज्ञापन गर्दै नवनिर्वाचित सदस्यहरूलाई एसाेसिएसनमा स्वागत गरे ।
थापा दुग्ध विकास संस्थानको पूर्वमहाप्रबन्धक समेत हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया