१. पछिल्लो २४ घण्टामा गरिएको ७ हजार ९ सय ७१ परीक्षणमा १ हजार ८९ जनामा कोरोना संक्रमण पुष्टि, १ हजार ५ सय ३४ जना संक्रमणमुक्त, २० जनाको मृत्यु
२. नेकपा एकीकृत समाजवादी पार्टीले तोक्यो ६ प्रदेशमा इन्चार्ज, बागमतीमा मुकुन्द न्यौपाने, गण्डकीमा केशवलाल श्रेष्ठले पाए जिम्मेवारी
३. कुलमान घिसिङविरुद्ध परेको रिटको आज हुन सकेन सुनुवाइ, मुद्दा ‘हेर्न नभ्याइने’ सूचीमा
४. मित्र राष्ट्र र राष्ट्र प्रमुखको विरोध नगर्न सरकारको निर्देशन, विज्ञप्ति जारी गर्दै गृह मन्त्रालयले जनायो आपत्ति
५. लोकतान्त्रिक समाजवादी पार्टी दल नभई ओलीको मतियार भएको जसपा अध्यक्ष यादवको दाबी, देश र जनताको भलो नहुने टिप्पणी
६. काठमाडौंका ४० प्रतिशत नागरिकले लगाए कोरोनाविरुद्धको पूर्ण खोप, पहिलो डोज लगाउनेको संख्या ११ लाख ७ हजार ९ सय ८०
७. एनआरएनएको अधिवेशन नजिकिएसँगै धमाधम उम्मेदवारीको घोषणा, अक्टोबर तेस्रो साताबाट अधिवेशन सुरु हुने, जर्मनी सर्वत्र चासोमा
८. नख्खु कारागारमा नाइके र कैदीबन्दीबीच कुटाकुट, होटलमा खानाको मूल्य बढाएको विषयमा सुरु भएको विवादले उग्र रुप लियो
९. नेपाल एसियाको स्वीट्जरल्याण्ड भएको भन्दै पर्यटनको विकासबारे बोले चर्चित योग गुरु सदगुरु, नेपाल सम्भावना नै सम्भावना भएको देश भन्दै गरे प्रशंसा
१०. आइतवार सेयर बजारमा भारी गिरावट, एक सय ८ दशमलव २६ अंकले घट्यो नेप्से
११. सेयर बजार घटेपछि लगानीकर्ता आक्रोशित, पुँजी बजार नै धरापमा पार्न लागेको भन्दै गभर्नर अधिकारीको राजीनामा माग
१२. अमेरिकी सेनाले बिगारेर छाडेको हेलिकोप्टर तालिबानले उडायो, इन्जिनियरको टिमको सहयोगमा उड्न लायक बनाएको तालिबानको भनाइ
१३. अमेरिकाको वासिङटनमा गोली चल्दा तीन जनाको मृत्यु, तीन घाइते, गोली चलाउने समूहको बारेमा जानकारी ल्याउनेलाई ७५ हजार अमेरिकी डलरको इनामको घोषणा
१४. इंग्ल्यान्डका पूर्वकप्तान बेकह्यामका छोरा रोमियले अमेरिकी क्लब फोर्टमा अनुबन्धित, पहिलो पटक व्यावसायिक सम्झौता
१५. नेपाली राष्ट्रिय महिला फुटबल टिमले बंगलादेशसँग दुई मैत्रीपूर्ण खेल खेल्ने, खेल दशरथ रंगशालामै खेलिने पक्का
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया