८ कार्तिक २०७८, सोमवार

प्राथमिक स्वास्थ्य केन्द्रमा सर्पदंशको उपचार पुनः सुरू

२०७८,भाद्र,२०,आईतवार २०:२२


राजविराज । आठ वर्षपछि सप्तरीको कञ्चनरूप नगरपालिकामा रहेका प्राथमिक स्वास्थ्य केन्द्रमा पुनः आजदेखि सर्पदंशको उपचार सुरू भएको छ ।

नगरपालिकाले आफ्नो पहिलो नीति तथा कार्यक्रममा सर्पदंश उपचार सञ्चालन गर्ने उद्देश्यअनुसार विधिवत्रूपमा आजदेखि प्राथमिक स्वास्थ्य केन्द्रमा सर्पदंशको उपचार थालिएको हो ।

सर्पदंश उपचारका लागि विज्ञ चिकित्सकबाट २१ स्वास्थ्यक्रर्मीले दुई दिने तालिमसमेत लिएका छन् । डा प्रकाश साहका अनुसार आफ्नो नेतृत्वमा सर्पदंश उपचारसम्बन्धी डा छविलाल थापा र रेस्क्यु टिमका कमल देवकोटालाई आग्रह गरेर कञ्चनरुपमा दुई दिने सर्पदंश उपचारका लागि तालिम दिलाएको बताए ।

नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा आज उद्घाटन गरेर सेवाको सुरू गरिएको हो । कार्यक्रममा नगरप्रमुख वसन्तकुमार मिश्रले शिक्षा र स्वास्थ्य शान्ति क्षेत्र भएकाले यसक्षेत्रमा कसैले अशान्ति तथा अनावश्यक हस्तक्षेप गर्न नहुने बताउनुभयो । स्वास्थ्य शाखाका प्रमुख रामसेवक यादवले गोमन सर्पले टोकेपछि २० मिनेटभित्र बिरामीलाई उपचारका लागि पु¥याउन सके बचाउन सकिने व्यवस्थासमेत मिलाइएको छ ।

प्रकाशित मिति: २०७८,भाद्र,२०,आईतवार २०:२२

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

धनुषा । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेशका सबै जिल्ला उद्योग स्थापनाका लागि उर्वरभूमि भएको बताएका छन् ।

राजविराज । लगातारको वर्षाले सप्तरीका १८ पालिकाका धानबालीमा क्षति पुर्‍याएको छ । काटेर खेतमै रहेका अवस्थामा धानबाली डुबानमा परेपछि किसान

राजविराज । सप्तरीको राजविराजमा बुधवारदेखि प्रदेशस्तरीय मिथिला कप टि–ट्वान्टी क्रिकेट प्रतियोगीता हुने भएको छ । सप्तरी क्रिकेट सङ्घको समन्वयमा आयोजना

राजविराज । नेपाल पत्रकार महासङ्घ शाखा सप्तरीले जिल्लाका केही मिडिया हाउसले जथाभावी रुपमा रिपोर्टरका नाममा ‘प्रेस’ कार्ड वितरण गरेर दुरुपयोग

ताजा समाचार

वालुङ समुदायको फुटुक पर्व आजदेखि शुरु
 २०७८,कार्तिक,८,सोमवार ०९:२७
थुलुङ दूधकोशीको सेवा अनलाइन मार्फत हुने
 २०७८,कार्तिक,८,सोमवार ०८:१९