१४ जेष्ठ २०८०, आईतवार

जिप दुर्घटनामा दुईजनाको मृत्यु

२०७४,आश्विन,२३,सोमवार ०७:५७

0
Shares

ताप्लेजुङ, २३ असोज ।पाथिभरा दर्शन गरी फर्किएका तीर्थयात्री बोकेको जिप आज दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ ।मे१ज १३०८ नंको जिप फुङ्लिङ नगरपालिका–१० भालुगौडे– सुकेटार पाथीभरा सडकखण्डमा दुर्घटना हुँदा जिपमा सवार उर्लाबारी–४ की २५ वर्षीया अनिता थापा घिमिरे र ३० वर्षीय होमराज घिमिरेको मृत्यु भएको हो ।अनिताको घटनास्थलमै तथा होमराजको उपचारका क्रममा जिल्ला अस्पताल ताप्लेजुङमा मृत्यु भएको प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिए । दुर्घटनामा परी उर्लाबारी–४ का २० वर्षीय अनिलजङ्ग थापा, २६ वर्षीय दिलीप घिमिरे र चालक इलाम निवासी अमित श्रेष्ठ घाइते भएका छन् ।घाइतेको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । जिप ब्रेक फेल भई सडकबाट झण्डै २०० मिटर तल खसेको थियो ।

प्रकाशित मिति: २०७४,आश्विन,२३,सोमवार ०७:५७

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

राँझा । नेपालगञ्ज उपमहानगरपालिकाले यहाँ सञ्चालनमा रहेका सहकारीको अवस्था बुझ्न अनुगमन शुरु गरेको छ । नगरमा सञ्चालनमा रहेका सहकारीको अवस्था

काठमाडौं । बागमती प्रदेश सभा सांसद कृष्णकुमार तामाङ ‘समीर’ले आगलागी पीडितलाई राहत सामग्री प्रदान गरेका छन् । गत वैशाख २७

कैलाली । पूर्वाधार विकास निर्माणमा कैलालीको बर्दगोरिया अब्बल गाउँपालिकाको रुपमा परिचित हुन थालेको छ । सामाजिक, आर्थिक रुपान्तरणसँगै पूर्वाधार निर्माण

कैलाली । न्यू लालीगुँरास ग्रामीण विद्युत सहकारी संस्थाको १७ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । कैलालीको बर्दगोरिया गाउँपालिका

ताजा समाचार

गणतन्त्र दिवसमा ४८२ कैदीले पाए आममाफी
 २०८०,जेष्ठ,१४,आईतवार १८:१९