काठमाडौं । नेपाल र भारतबीचको दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपुर्ण खेलको दोस्रो हाफमा भारतले २ गोल गरेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार भएको खेलमा ६२ औँ मिनेटमा परिवर्तित खेलाडी फारुख चौधरीले गोल हानेका हुन् । त्यस्तै ८० औँ मिनेटमा भारतीय कप्तान सुनिल क्षेत्रीले अर्को गोल गरेर भारतलाई २–० को अग्रता दिलाए।
पहिलो हाफ भने गोलरहित बराबरीमा सकिएको थियो। यसअघि गत बिहीबार पहिलो अन्तर्राष्ट्रिय मैत्रीपुर्ण खेल १–१ गोलको बराबरीमा सकिएको थियो । नेपालका लागि अन्जन विष्टको गोलमा अग्रता लिदा भारतका अनिरुद्ध थापाले बराबरी गोल फर्काएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया