सर्वोच्चका कर्मचारीले नियन्त्रणमा लिए पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठको गाडी

काठमाडौं, २९ चैत । पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले प्रयोग गरिरहेको सरकारी गाडी सर्वोच्च अदालतका कर्मचारीले नियन्त्रणमा दिएका छन् ।गाडी मर्मत र इन्धन खर्च लिन सर्वोच्च अदालतको प्रशासनमा पुगेका चालक जोगमोहन महतोको हातबाट गाडीको चाबी सर्वोच्चका कर्मचारीले नियन्त्रणमा लिई मुख्य रजिष्ट्रारलाई बुझाएका हुन् ।गाडीका चालक महतो र गाडी दुवै सर्वोच्चका हुन् । महतो सर्वोच्च अदालतका स्थायी कर्मचारी हुन् । श्रेष्ठ प्रधानन्यायाधीशबाट हटेपछि उनले झण्डा हटाएर गाडी लिएर गएका थिए ।त्यस्तै ट्रेड युनियनका सचिव हरि भट्टराईका अनुसार राज्यकोषबाट खरिद गरिएको गाडी गैरकानुनी रुपमा लिएकाले चाबी नियन्त्रणमा लिएर रजिस्टारलाई बुझाइएको बताए ।यसैगरी गाडी घर लगेर फिर्ता नगर्ने पूर्वप्रधानन्यायाधीशको सूचीमा सुशीला कार्कीको नाम पनि छ । हालै राजीनामा दिएर हिँडेका प्रधानन्यायाधीश गोपाल पराजुलीलगायतका पूर्व प्रधानन्यायाधीशहरुले पनि गाडी फिर्ता गरेका छैनन् ।त्यस्तै गाडी लगे फिर्ता नगर्ने पूर्वप्रधानन्यायाधीशहरुमा सुरेन्द्रप्रसाद सिंह, ओमभक्त श्रेष्ठ, मोहनप्रसाद शर्मा र केशवप्रसाद उपाध्याय छन् ।यसैगरी हरिप्रसाद शर्मा, दीलिपकुमार पौडेल, केदारप्रसाद गिरी, मीनबहादुर रायमाझी, खिलराज रेग्मी, दामोदरप्रसाद शर्मा, रामकुमारप्रसाद साह, सुशीला कार्कीले गाडी फिर्ता गरेका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?