काठमाडौं । नेपाल र भारतबीचको दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपुर्ण खेलको दोस्रो हाफमा भारतले १ गोल गरेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार भएको खेलमा ६२ औँ मिनेटमा परिवर्तित खेलाडी फारुख चौधरीले गोल हानेका हुन् । योसँगै नेपाल १-० गोल अन्तरले पछि परेको छ ।
पहिलो हाफ भने गोलरहित बराबरीमा सकिएको छ ।
यसअघिको पहिलो अन्तर्राष्ट्रिय मैत्रीपुर्ण खेल १–१ गोलको बराबरीमा सकिएको थियो । नेपालका लागि अन्जन विष्टको गोलमा अग्रता लिदा भारतका अनिरुद्ध थापाले बराबरी गोल फर्काएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया