काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री बालकृष्ण खाँण नेपाल–भारतबीचको मैत्रीपूर्ण फुटबल खेल हेर्न दशरथ रंगशाला पुगेका छन् ।
माल्दिभ्समा आयोजना हुने साफ च्याम्पियनसिपको तयारीका लागि नेपालले भारतसँग मैत्रीपूर्ण खेल खेलिरहेको हो । साफ च्याम्पियनसिप आगामी अक्टोबर १ देखि १६ (असोज १५ देखि ३०) गतेसम्म आयोजना हुनेछ।
यसअघि गत विहीबार भएको पहिलो मैत्रीपूर्ण खेल १–१ गोलको बराबरीमा सकिएको थियो । आजको खेलमा दुबै टोली विजयी लक्ष्यका साथ मैदानमा उत्रिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया