काठमाडौं । नेपाल र भारतले दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपुर्ण खेलको पहिलो हाफमा गोलरहित बराबरी खेलेका छन् । खेल बराबरीमा सकिए पनि नेपालले राम्रो खेलेको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार भएको खेलमा नेपालले पहिलो हाफमा भारतको तुलनामा बढी अवसर सिर्जन गरेपनि फिनिसिङमा चुक्दा पहिलो हाफ गोलरहित बराबरीमा सकिएको हो ।
खेलको १३औं मिनेटमा तेज तामाङको प्रहार डिफेन्डरलाई डिफ्लेक्ट हुदै आएको बलमा मनिष डाँगीले पेनाल्टी बक्समा सुवर्ण अवसर पाएपनि नियन्त्रणमा लिन नसकेको बललाई डिफेन्डरले क्लियर गरिदिदा नेपाल अग्रता लिनबाट चुक्यो ।

खेलबाट सुमन लामा र अशिष लामा बाहिरिएका छन् । सुमनलाई चोट लागेकोले बाहिरिएका हुन् । त्यस्तै खेलमा अन्जन विष्ट र विशाल राई प्रवेश गरेका छन् ।
दोस्रो हाफ केही बेरमा सुरु हुनेछ । यसअघिको पहिलो अन्तर्राष्ट्रिय मैत्रीपुर्ण खेल १–१ गोलको बराबरीमा सकिएको थियो । नेपालका लागि अन्जन विष्टको गोलमा अग्रता लिदा भारतका अनिरुद्ध थापाले बराबरी गोल फर्काएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया