काठमाडौं । भारतीय प्रख्यात योग गुरु सद्गुरुले नेपालको आर्थिक समृद्धिको आधार पर्यटन भएकाले यसकै माध्यमबाट समृद्धि सम्भव हुने बताएका छन् ।
नेपालको पर्यटन प्रवद्र्धनका विषयमा नेपाल पर्यटन बोर्डले शनिबार सद्गुरुसँग गरेको छलफलका क्रममा उनले नेपाल एसियाको स्वीट्जरल्याण्ड भएको चर्चा गर्दै नेपालको पर्यटनलाई समृद्धिसँग जोड्नुपर्ने बताए।
एकसाता अघि नेपाल आएका सद्गुरुसँग बोर्डका कार्यकारी प्रमुख डा धनञ्जय रेग्मीले नेपालको पर्यटन प्रवर्द्धनका विभिन्न विषयमाथि गरिएको छलफलका क्रममा उनले नेपाल प्रकृतिको अनुपम उपहार भएको र यही नै स्वर्ग रहेको धारणा राख्नुभएको बोर्डले विज्ञप्तिमार्फत जनाएको छ ।
“नेपाल सम्भावना नै सम्भावना भएको देश हो । नेचर, कल्चर, एडभेन्चर यहाँ नभएको के छ ? आवश्यक छ त केबल यसको व्यवस्थापन र यसैबाट समृद्धिको यात्रा तय गर्ने चिन्तन । त्यो चिन्तन उजागर हुँदाको दिन नेपालको समृद्धिलाई कसैले राक्न सक्दैन”, सद्गुरुको भनाइ उद्धृत गर्दै बोर्डले विज्ञप्तिमा उल्लेख गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया