नेपालको सुरुवाती–११ सार्वजनिक

लोकपथ
336
Shares

काठमाडौं । भारतविरुद्धको दोस्रो मैत्रीपूर्ण खेलका लागि नेपालको सुरुवाती-११ घोषणा भएको छ ।

मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले किरण चेम्जोङको कप्तानीमा सुरुवाती-११ को घोषणा गरेको हो ।

नेपालले दोस्रो खेलमा तीन परिवर्तन गरेको छ । सुमन अर्याल, नवयुग श्रेष्ठ र अन्जन विष्ट बाहिरिएका छन् ।

सुजल श्रेष्ठ, आशिष लामा र मनिष डाँगीले सुरुवाती-११ मा स्थान बनाएका छन् ।

माल्दिभ्समा आयोजना हुने साफ च्याम्पियनसिपको तयारीका लागि नेपालले भारतसँग दुई मैत्रीपूर्ण खेल खेलिरहेको छ ।

बिहीबार भएको पहिलो खेल १-१ गोलको बराबरीमा सकिएको थियो ।

नेपाली टिम –

गोलकिपर- किरण चेम्जोङ

डिफेन्डर – दिनेश राजवंशी, अनन्त तामाङ, गौतम श्रेष्ठ, सुजल श्रेष्ठ

मिडफिल्डर – पुजन उपरकोटी, तेज तामाङ, सुमन लामा

फरवार्ड – मनिष डाँगी, आयुष घलान, आशिष लामा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?