नख्खु कारागारमा नाइके र कैदीबन्दीबीच कुटाकुट

लोकपथ
1.1k
Shares

काठमाडौं । ललितपुरको नख्खु कारागारका नाइके र कैदीबन्दीबीच वादविवाद भएको छ ।

एक प्रहरी अधिकृतका अनुसार कारागारभित्र नाइके र कैदीबन्दीबीच वादविवाद कुटाकुटमा परिणत भएको हो । कारागारभित्र होटलको मूल्य बढाएको विषयमा नाइके र कैदीबन्दीबीच कुटाकुट भएको हो ।

कारागार व्यवस्थापन विभागका महानिर्देशक जनकराज दाहालले अहिले विवाद साम्य भइसकेको बताए । उनका अनुसार अहिले कारागारमा कारागार प्रशासन, प्रहरी र कैदीबन्दीबीच छलफल भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?