एनएमबि बैंक ‘ग्रीन डिल अफ द इयर २०२१’को उपाधिबाट सम्मानित

लोकपथ
78
Shares

काठमाडाैं । एनएमबि बैंक सिङ्गापुरको एशियन बैंकिङ एण्ड फाइनान्स पत्रिकाले पुरष्कृत गर्ने कर्पोरेट एण्ड ईन्भेष्टमेण्ट बैंकिङ अवार्ड श्रेणीअन्तर्गत ग्रीन डिल अफ द इयर २०२१’को उपाधिले सम्मानित भएको छ ।

अन्तर्राष्ट्रिय वित्त निगम (IFC) सँग नेपालमा हरित कर्जा प्रवाहको क्षेत्रमा गरेको सम्झौताको आधारमा एनएमबि बैंकलाई एसियन बैंकिङ एण्ड फाईनान्स पत्रिकाले नेपालकै दिगो बैंकिङको क्षेत्रमा अग्रणी बैंकको रुपमा सम्मान गरेको छ ।

अन्तर्राष्ट्रिय वित्त निगम आईएफसीसँग सम्झौता अन्तर्गत एनएमबि बैंकले आईएफसीद्वारा निर्देशित योग्यताको मापदण्डमा रहेको हरित योजनाहरुमा कर्जा प्रवाह गर्नेछ । एनएमबि बैंकले ग्रीन डिलअन्तर्गतको अवार्ड दिगो बैंकिङ र जलवायूमैत्री परियोजना र उद्यमशील गतिविधिहरुप्रति निरन्तर प्रतिबद्धता प्रस्तुत गरेबापत प्राप्त गरेको हो ।

एनएमबि बैंक हाल कार्वन अकाउन्टिङ फाईनान्सियलको समितिको एक सक्रिय सदस्य रहेको र २०१३ देखि ग्लोबल अलायन्स फर बैंकिङ अन भ्यालुजको सदस्यता प्राप्त वाणिज्य बैंकमध्येको एक मात्र बैंक रहेको छ ।

डिजिटल सेवा प्रवाहलाई प्राथमिकतासहित कागजको प्रयोगलाई न्युनिकरण गर्दै सो बाट पर्ने पर्यावरणीय प्रभावलाई घटाउनको लागि अग्रसर रहेको बैंंकको दाबी रहेको छ । “एनएमबि बैंक वातावरणमैत्री लगानी र दिगो व्यापारिक सेवामा अग्रसर रहेको र यो सम्मानले बैंकलाई यस क्षेत्रमा अगाडि बढ्न थप प्रोत्साहन मिल्नेमा विश्वस्त छौं ।” एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले जानकारी दिए ।

बैंकले देशभरिका १८१ शाखाहरु, १३७ एटिएमहरु, ९ एक्सटेन्सन काउन्टरहरुमार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ । बैंक चारबर्षमा तीन पटक २०१७, २०१८ र २०२० मा बैंक अफ द इयरले सम्मानित भैसककेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?