नेपाल भर्सेज भारत : किकअफ

लोकपथ
1.5k
Shares

काठमाडौं । नेपाल र भारतबीचको दोस्रो मैत्रीपूर्ण खेलको किक अफ भएको छ । मालेस्थित राष्ट्रिय रंगशालामा नेपाल र भारतबीचको खेल ५:३० बजे सुरु भएको हो ।

आजको खेलमा दुवै टोली जितको लागि मैदान प्रवेश गरेका छन् । नेपाल आज सेता जर्सीमा मैदान उत्रिएको छ ।

No description available.

पहिलो मैत्रीपूर्ण खेलमा दुवै टोलीले १-१ गोलको बराबरीमा चित्त बुझाएका थिए । खेलमा दुवै टोलीले अग्रता लिने केही राम्रो मौकाको सदुपयोग गर्न नसक्दा पहिलो खेल १-१ गोलको बराबरीमा अन्त्य भएको थियो।

खेल पछिको ‘पोस्ट म्याच कन्फरेन्समा’ दुवै टोलीका प्रशिक्षकले आ-आफ्नो टोलीले खेलमा जित निकाल्नु पर्ने र अर्को खेलमा अवश्य पनि जितकै लागि खेल्ने धारणा व्यक्त गरेका थिए।

No description available.

फिफा बरियतामा १०५औं स्थानमा रहेको भारतले आफ्नो स्तरअनुसारको खेल प्रस्तुत गर्न सकेको थिएन। तर दोस्रो खेलमा भने भारत आक्रामक रणनीतिसहित जितको लागि मैदानमा उत्रने साफ देखिन्छ। त्यस्तै पहिलो खेलमा दशरथ रंगशालामा डेब्यू गरेका नेपालका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी पनि आजको खेलमा जितकै खोजीमा हुनेछन्।

नेपाल-भारतको सुरुवाती ११ :

No description available.

भारतको सुरुवाती ११ : 

No description available.

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?