सुदूरपश्चिममा थप ३ सांसदले गरे एकीकृत समाजवादीमा सनाखत

लोकपथ
1.2k
Shares

कैलाली । सुदूरपश्चिम प्रदेशका थप ३ सांसदहरुले नेकपा एकीकृत समाजवादीमा सनाखत गरेका छन् ।

आइतबार प्रदेश निर्वाचन आयोग कार्यालयमा पुगेर भौतिक पूर्वाधारमन्त्री दीर्घ सोडारी, उद्योग पर्यटन, वन तथा वातावरण पूर्व राज्यमन्त्री प्रकाश रावल र तारालामा तामाङले सनाखत गरेका हुन् ।

योसँगै सुदूरपश्चिममा एकीकृत समाजवादीमा खुल्नेको संख्या १३ पुगेको छ । यसअघि नै माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीमा सनाखत गरेका थिए ।

गत भदौ ९ गते निर्वाचन आयोगले एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादीलाई मान्यता दिएसँगै प्रदेश तथा स्थानीय जनप्रतिनिधिहरुलाई दल रोज्नका लागि निर्वाचन आयोगले भदौ २२ गतेसम्मको मिति तय गरेको थियो । सोही अनुसार तीनै जनाले आज निर्वाचन आयोग पुगेर सनाखत गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?