लोसपा दल नभई ओलीको मतियार हो : उपेन्द्र यादव

लोकपथ
588
Shares

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) दल नभएका कारण यसबाट देश र जनताको भलो नहुने टिप्पणी गरेका छन् ।

प्रदेश २ को जसपा संसदीय दलको बैठकलाई सम्बोधन गर्दै पार्टी अध्यक्ष यादवले लोसपा राजनीतिक दल नभई केपी शर्मा ओलीको मतियार रहेको आरोप समेत लगाए।

तत्कालीन राजपा र तत्कालीन समाजवादी पार्टीबीच एकीकरण भई गठन भएको जसपामा अझै पनि पूर्वराजपाका ८० प्रतिशत नेता कार्यकर्ता रहेको भन्दै उनले नेपालको राजनीतिमा महत्वपूर्ण ठाउँ ओगटेको जसपालाई बेवास्ता गरेर कोही अगाडि बढ्न नसक्ने बताए।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?