सिद्धार्थ शुक्लाको मृत्युको खबरले फ्यान ‘कोमा’मा

लोकपथ
952
Shares

काठमाडौं । भारतीय टिभीका चर्चित अभिनेता एवम बिग बोस-१३ का विजेता सिद्धार्थ शुक्लाको मृत्युको खबरले पुरै बलिउड सोकमा डुबेको छ ।

धेरै बलिउड स्टारहरुले उनको मृत्युमा दुख व्यक्त गरेका छन् । सिद्धार्थ शुक्लाका एक फ्यान पनि उनको मृत्युको खबरले कोमामा गएकी छिन् ।

डाक्टर जेयस थाकरले एक तस्बिर अपलोड गर्दै उनी सिद्धार्थ शुक्लाको मृत्युको खबरका कारण कोमामा पुगेकी बताएका छन् ।

सिद्धार्थको ४० वर्षको उमेरमा गत बिहीबार निधन भएको थियो । उनको हृदयघातका कारण भारतको नयाँ दिल्लीस्थित कुपर अस्पतालमा निधन भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?